मड्रिड भित्र्याउन रियलका प्रशिक्षक आफ्नो पुर्व खेलाडीसँग सम्पर्कमा

एजेन्सी, रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटि आफ्नो पुर्व क्लब एभरटनका ब्राजिलियन खेलाडी रिचार्लिसन रियल मड्रिडमा भित्र्याउन इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार यसै सन्दर्भमा एन्सेलोटि रिचार्लिसनसँग सम्पर्कमा आएका छन्।

रिचार्लिसन भने हाल कोपा अमेरिका अन्तर्गत आफ्नो राष्ट्रिय टोलिसँग आबद्ध छन्। रिपोर्टका अनुसार गत वर्ष बार्सिलोनाले रिचार्लिसनका लागि गरेको ८५ मिलियन पाउन्डको प्रस्तावलाई एभरटनले अस्विकार गरेको थियो।एभरटनसँग यो ट्रान्सफर सिजन खर्च गर्न पर्याप्त आर्थिक सामर्थ्य रहेको र खेलाडी बेच्नु पर्ने दबाबमा नरहेको पनि बताइएको छ। यसका साथसाथै एभर्टनका नवनियुक्त प्रशिक्षक राफा बेनिटेजले पनि आफ्नो टोलिका एक उत्कृष्ट खेलाडीलाई गुमाउन नचाहने सम्भावना पनि प्रबल देखिन्छ।
२४ वर्षका ब्राजिलियन खेलाडी रिचार्लिसन अझै तीन वर्षका लागि एभरटनमा अनुबन्धित छन्। उनले एभरटनका लागि ११९ खेलमा ४२ गोल गरि सकेका छन्। उनी २०१८ मा वाट्फर्डबाट एभरटनमा अनुबन्धित भएका थिए।