भ्यालेन्सिया विरुद्ध मेस्सी यस्तो उत्कृष्ट फ्री किक गोल

ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया विरुद्ध ३-१को उत्कृष्ट जित हासिल गरेको थियो भने सो खेलमा क्लबका सुपरस्टार मेस्सीले निकै उत्कृष्ट फ्री किक गोल गरे। हाल उक्त फ्री किक गोलको भिडियो भाइरल हुँदै गएको छ र उनको धेरै प्रशंसा हुँदै गरेको छ।

उक्त खेलमा भ्यालेन्सियाले ५०औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि बार्साको लागि मेस्सी र ग्रिजम्यानले गोल गर्दै बार्सालाई १-२को अग्रता दिलाए भने मेस्सीले ६९औँ मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो र क्लबको तेस्रो गोल गरे रो सो गोल निकै उत्कृष्ट रहेको थियो

खेलको ६९औँ मिनेटमा पाएको फ्री किकबाट मेस्सीले निकै उत्कृष्ट प्रहार गरे सो प्रहारलाई रोक्न भ्यालेन्सियाका गोलकिपर ज्यास्पलाई असम्भव रहेको जुन निकै उत्कृष्ट गोलमा परिवर्तन भयो।

हाल उक्त फ्री किक गोल धेरै चर्चा हुँदै छ। जितसँगै ३४ खेलबाट ७४ अङ्क जोड्दै बार्सिलाेना लिगको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको रियल म्याड्रिडसँग अङ्क बराबरी भए पनि हेड टु हेडमा बार्सिलाेना पछि परेको हो । पराजित भ्यालेन्सिया ३६ अङ्क जोडेर १४औँ स्थानमा छ ।