भ्यालेन्सियाबिरुद्ध रियल म्याड्रिडको लज्जास्पद हार

रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ ।

कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो ।

खेलको २३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै खेलमा रियललाई अग्रता दिलायो ।

३५ औं मिनेटमा भ्यालेन्सियाका सोलेरले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१ मा ल्यायो ।

४३ औं मिनेटमा रियलका भारायनले आत्मघाती गोल गर्दै भ्यालेन्सियालाई २-१ को अग्रता दिलायो ।

५४ औं मिनेटमा फेरि सोलेरले पेनाल्टीमा गोल गर्दै खेलमा भ्यालेन्सियालाई ३-१ को अग्रता दिलायो ।

६३ औं मिनेटमा फेरि पनि सोलेरले पेनाल्टीमै गोल गर्दै ह्याटि्रक गर्दै भ्यालेन्सियालाई ४-१ को जित दिलायो ।

यो हारले रियल म्याड्रिड ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा खुम्चिएको छ । भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।