भ्यालेन्सियाको नाटकिय पुर्नरागमन जित

भालेन्सियाले अन्तिम पाँच मिनेटमा कार्लोस सोलर र गोन्जालो गुएदेसको गोलको मद्दतमा पहुना टोलि भिल्लारियललाई ला लिगामा २-१ गोल अन्तरले पराजित गरेको छ।

खेलमा जेरर्ड मोरेनोले पहिलो हाफमा पेनाल्टी मर्फत पहुना टोलिलाई अग्रता दिलाएका थिए। उक्त गोलनै खेलको निर्णायक गोल हुने देखिन्थ्यो तर खेलमा भालेन्सियाले नाटकिय दङ्गले अन्तिक समयमा दुई गोल गरे पछि भिल्लारियलले अर्को हार बेहोरेको हो। यो हारसंगै युनाइ एमेरीको टोलि पछिल्ला आठ लिग खेलमा जित बिहिन रहेको छ।

सोलरले अन्तिम चार मिनेट छदा पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए। त्येस पछि बैकल्पिक खेलाडिको रुपमा मैदान प्रवेश गरेको गुएदेसले अतरिक्त समयमा गोल गर्दै खेल भ्यालेन्सियाको पोल्टामा परेका हुन।

यो जितसंगै भ्यालेन्सिया अंक तालिकामा ११औं स्थानमा रहेको छ। उन्ले २६ खेलमा ३० अंक जोडेका छन। त्येस्तै भिल्लारियल ३७ अंकका सातौं स्थानमा रहेको छ।