‘भ्यान डाइक, सर्जियो रामोस जस्तै उत्कृष्ट छन्’

चेल्सीका स्टार पेद्रोले लिभरपूलका डाइक र रियल म्याड्रिडका सर्जियो रामोस बीच तुलना गरेका छन्। सुपर कपको खेल अगाडी पेद्रोले आफ्नो विपक्षी टोलीका स्टार डिफेन्डर भ्यान डाइकको प्रसंसा गरेका छन्।

भ्यान डाइक केहि समय अगाडी विश्वको सब भन्दा महँगो डिफेन्डर बनेका थिए, (जुन रेकोर्ड म्यान्चेस्टर युनाइटेडका ह्यारीले तोडे) भ्यान डाइकको प्रदर्शन निकै उत्कृष्ट रहेको छ, आफ्नो टिमलाई च्याम्पियन्स लिग जिताउन उनको ठुलो मदत रहेको छ।

चेल्सीका पेद्रोले भ्यान दाइक विश्वको सब भन्दा उत्कृष्ट डिफेन्डर मध्ये एक भएको बताए, र उनले भ्यान दाइकलाई आफ्नो राष्ट्रिय टिम मेट सर्जियो रामोस संग तुलना गरे।

“भ्यान दाइक र रामोस दुबै निकै उत्कृष्ट डिफेन्डर हुन्- चेल्सीका विंगरले भने।

“रामोस निकै राम्रो खेलाडी हुन्, उनलाई म राम्रो संग चिन्छु, उनि एक उत्कृष्ट डिफेन्डर हुन् बल संगको तालमेल निकै राम्रो हुने गर्दा छ”

“भ्यान डाइक पनि उस्तै खेलाडी हुन्, निकै बलियो, उचाईमा राम्रो खेल्ने गोल पनि गर्छन, दुबै उत्कृष्ट छन् ”