भ्यान डाइक घाइते भएपछि लिभरपुलले नयाँ डिफेन्डर भित्र्याउने

इङलिस क्लब लिभरपुलले आफ्नो स्टार डिफेन्डर भर्जिल भ्यान डाइक घाइते भएपछि नयाँ डिफेन्डर भित्र्याउने योजनामा रहेको छ ।

लिभरपुलले जर्मन क्लब साल्केका डिफेन्डर ओजान काबाक माथी आँखा राखेको छ ।

भ्यान डाइक कम्तीमा ६ महिना मैदान बाहिर रहने भएपछि लिभरपुल अर्को डिफेन्डरको खोजीमा रहेको हो ।

इभर्टनबिरुद्धको खेलमा गोलकिपर पिकफोर्ड्को च्यालेन्जमा भ्यान डाइक घाइते हुन पुगेको थियो ।

लिभरपुलले आउदो ट्रान्सफर सिजन, जनवरीमा काबाकलाई भित्र्याउन सक्नेछ ।

युरोप कै उत्कृष्ट डिफेन्डरको रूपमा चिनिने भ्यान डाइक घाइते भएपछि लिभरपुलमा मात्र दुई वटा सेन्ट्रल डिफेन्डर रहेको छ ।