‘भ्यान डाइकले होइन, मेस्सीले बालोन डी’ओर जित्छन्’

लिभरपुलका लेजेन्ड जेमी क्यारेगरले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बालोन डी’ओर को उपाधि जित्ने बताएका छन् ।

इंग्ल्याण्डका पूर्व डिफेन्डर समेत रहेका क्यारेगरले मेस्सीले यस पटक लिभरपुलका डिफेन्डर भर्गिल भ्यान डाइकलाई पछि पार्दै बालोन डी’ओरको उपाधि उचाल्ने बताए ।

‘मैले मेस्सी भन्दा अगाडि उसलाई देखेको थिए ।’ क्यारेगरले भने, ‘इमानदार भएर सोच्ने हो भने मेस्सी अघि छन् । सेन्टर ब्याकले पाएको तपाईले कमै देख्नु भएको छ ।’

आइतबार राति भएको फाइनलमा पोर्चुगलले नेदरल्याण्डलाई १–० ले हराउदै नेसन्स लिगको उपाधि उचालेको थियो ।

‘अहिले उनले निराश बनाएका छन् । यो विश्वकप वा युरोकप त हैन तर यो देशकोलागि एउटा राम्रो ट्रफी थियो,’ क्यारेगरले थपे, ‘तर मेरो विचारमा बालोन डी’ओर मेस्सीको हो ।’