
लिभरपुलका स्टार डिफेन्डर भ्यान डाइकले आफूले सामना गरेको सबैभन्दा उत्कृष्ट खेलाडीको नाम लिएका छन्। उनले एक अन्तर्वार्तामा बोल्दै मेस्सी आफूले सामना गरेको सबैभन्दा कठिन खेलाडी रहेको बताए भने उनले बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ हालाण्डको पनि प्रशंसा गरे।
Virgil van Dijk picks between Lionel Messi and Cristiano Ronaldohttps://t.co/OxBynLPCd3 pic.twitter.com/bcbMOYOzbj
— Mirror Football (@MirrorFootball) October 4, 2021
“म लियो मेस्सी भन्न चाहन्छु,” स्टार डिफेन्डरले आफूले सामना गरेको सबैभन्दा उत्कृष्ट फुटबलर को रहेको ’bout बोले।
“उनी अझै पनि विश्वका सर्वश्रेष्ठ फुटबलर हुन्। उनी र क्रिस्टियानो रोनाल्डो … उनीहरू पछिल्लो दशक देखि उत्कृष्ट खेल्दै छन् भने उनीहरूले हासिल गरेको कुरा अविश्वसनीय छ।
“म भन्न चाहन्छु कि मेस्सी मैले सामना गरेको सबैभन्दा कठिन र उत्कृष्ट खेलाडी हुन्, किन भने बार्सिलोनामा त्यो खेल धेरै कठिन थियो जुन हामीले ३-०ले हार्यौं (च्याम्पियन्स लीग सेमीफाइनलको पहिलो लेग)। भाग्यवश हामीले दोस्रो लेगमा उक्त खेल जित्यौँ।”
💬 Virgil van Dijk to @SkySports “Toughest forward I ever faced? Messi. He’s still the best player in the world. Him and Ronaldo have been doing unreal numbers in the last decades. In this case, I’ll choose Messi, we had a tough night in Barcelona in 2019.” pic.twitter.com/8YWZS0gcDO
— FCBarcelonaFl (@FCBarcelonaFl) October 3, 2021
उनले उक्त अन्तर्वार्तामा बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ हालाण्डको पनि प्रशंसा गरे भने हालाण्ड एक विशेष स्ट्राइकर रहेको बताए।
“अर्लिङ हालाण्ड एक विशेष स्ट्राइकर हुन्” लिभरपुलका स्टार डिफेन्डरले स्काई स्पोर्ट्सलाई भने। “उनी धेरै बलियो छन्, उनी छिटो छन्, उनी सँग डिफेन्डरको जीवन धेरै गाह्रो बनाउन सबै गुणहरू छ।
“पहिलो पटक मैले उनी विरुद्ध एन्फिल्डमा खेले। उनी साल्जबर्गमा थिए र उनले ट्याप-इन पाए र उनले गोल गरे।
“आवे गेममा पनि उनी धेरै छिटो, आक्रामक, थिए र उनलाई रोक्न गाह्रो थियो
डच स्टारले हालाण्डको शैली लेस्टर सिटीका स्टार जेमी भार्डीसँग तुलना गरे, जसको भ्यान डाइकले साउथह्याम्प्टन र लिभरपुल मा धेरै सामना गरेका छन्।
“उनको शैली भार्डीको जस्तो छ,” उनले बताए। “मलाई लाग्छ कि हालाण्ड भार्डी भन्दा थोरै बलियो हुन सक्छन् तर सो खेलाडीहरू विरुद्ध डिफेन्ड गर्न धेरै गाह्रो हुन सक्छ।”
हाल स्टारको रुपमा रहे पनि हालाण्डको लागि बाटो अझै लामो रहेको भ्यान डाइकको विश्वास छन् भने उनले आफूले सामना गरेको सर्वश्रेष्ठ खेलाडी को रूप मेस्सीको नाम लिए।