भ्यान डाइकलाई ट्याकल गरेका पिकफोर्ड बडीगार्ड राख्न बाध्य भएका छन्

एभर्टन र इङ्ल्यान्ड राष्ट्रिय टिमका गोलकिपर जोर्डन पिकफोर्ड आफ्नो र परिवारको सुरक्षाको लागि सुरक्षाकर्मी राख्न बाध्य भएका छन्।

एभर्टनका गोलकीपर पिकफोर्डको ट्याकलमा लिभरपूलका स्टार डिफेन्डर भ्यान डाइक चोटग्रसित हुन पुगेका थिए र सो पछि उनि माथि अनलाइन आक्रमण हुन थालेको छ ।

उनको कारण भ्यान डाइक चोटग्रसित भएको भनेर लिभरपूल फ्यानहरु उनि माथी निकै क्रोधित रहेका छन्, भने उनलाई ज्यान मार्ने धम्कीहरु पनि आएको खबर छ ।

२६ बर्सका गोलकिपरबिरुद्ध उक्त ट्याकलको लागि केहि कारवाही भएको थिएन जसको कारण फ्यानहरु झन् क्रोधित रहेका छन् भने उनि माथि अनलाइन आक्रमण झन् बढेको छ र उनि आफ्नो सुरक्षाको लागि सुरक्षाकर्मीहरु राख्न बाध्य भएका छन् ।

फ्यानहरुले उनको परिवारलाई लक्षित गर्दै पनि धम्कीहरु दिएको छ र सो कारण उनले पत्नी र छोराको सुरक्षाको लागि आफ्नो घर बाहिर पनि गार्डहरु राखेका छन्।