‘भुटान संगको खेल जित्नै पर्छ, अरु केहि विकल्प छैन’ – बाल गोपाल महर्जन

च्याम्पियनसिपको पहिलो दिन पाकिस्तानलाई २–१ को नतिजा सुम्पदै नेपालले निराशाजनक सुरुवात गरेको थियो । नेपालको अवस्था छ, च्याम्पियनसिपमा भुटानको अवस्था त्यो भन्दा कमजोर छ । कारण भुटान आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

नेपाल र भुटान पहिलो खेलबाटै त्यो अवस्थामा पुगेका छन्, जसलाई आफ्नो नतिजाले मात्र सेमिफाइनल पुग्न पर्याप्त नहुन सक्छ । बंगलादेश र पाकिस्तानले पहिलो खेल जित्दै सेमिफाइनलको दाबेदारी प्रस्तुत गर्नेछ । नेपालले भुटानसँग बराबरी खेले मात्र पनि टोलीको अघिल्लो चरणको यात्रा निकै जटिल बन्नेछ । त्यसमा गणतिय सम्भावना र अन्य खेलको नतिजा कुर्नुे हुन्छ ।

पाकिस्तानसँगको पराजय पछि बंगलादेश र भुटानको खेल हेरेका नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेका छन् , भुटान र बंगलादेशसँग हानुपर्ने कुनै कारण छैन । तर, खेल हो हामीले आफ्नो क्षमता अनुसार खेल्यौं भने अघि बढ्ने सम्भावना अझै छ । नेपालका लागि भुटान त्यस्तो प्रतिद्धन्द्धि हो जोसँग साफ च्याम्पियनसिपमा अहिले सम्म हार्नु परेको छैन ।

अहिलेसम्म दुई पटक भिड्दा दुवै खेलमा नेपाल विजयी भएको थियो । सन् २००३ मा भुटानमाथि २–० को जित निकाले नेपालले २००५ मा ३–१ ले हराएको थियो । यही दुवै जितलाई नेपाल निरन्तरता दिने योजनामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग राम्रो खेलेपनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । पाकिस्तानविरुद्धको खेलमा स्ट्राइकिङ लाइनमा समस्या देखिएको प्रशिक्षक महर्जन मान्छन् ।

भुटानविरुद्धको खेलमा अघिल्लो खेलको कमजोरीलाई सुधार गनुपर्ने उनको तर्क छ । ‘हिजोको नतिजा के भयो । अब त्यसमा सोचेर काम छैन,’ उनले भने, ‘हामीले बाँकी दुई खेलका बारेमा सोच्ने हो । भुटानसँग जितको विकल्प छैन ।’