भुटानी रोनाल्डो चेन्चोको नेपालीमा अन्तर्वार्ता, नेपाली भूमि आफ्नो लागि ‘लक्की’ रहेको दाबी!

भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले सेतोपाटी संग कुरा गर्दै आफ्नो खेल जीवनको बारेमा बोले।

उनले सेतोपाटी संग नेपालीमै कुरा गरे र नेपाली भूमि आफ्नो लागि ‘लक्की’ रहेको बताए।

उनले पहिलो अन्तर्राष्ट्रिय गोल नेपालविरूद्ध नै गरेका थिए।

पहिलो पटक भुटानले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल फाइनलमा स्थान पक्का गरेको छ र उनले उक्त भावनाहरुको बारेमा अन्तर्वार्तामा बोले।

सन् २०११ मा पोखरामा नेपालसँग मैत्रीपूर्ण खेल खेल्दा चेन्चोले १६ वर्षका थिए। त्यही खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।  खेल भने नेपाल २–१ ले जितेको थियो।

भुटानलाई सबैले होच्याउने अनुभव गरेको छु,’ उनले भने, ‘खेल तालिका सार्वजनिक गर्दा अरू देशले भुटान आफ्नो समूहमा परे ३ अंक पक्का हुन्छ भनेर हामीलाई कमजोर आँक्छन्। यस्तो एटिट्युड मन पर्दैन। यसकै बदला लिन्छु भनेर सोचिरहन्छु।’