भुटानविरुद्ध पाकिस्तानको फराकिलो अग्रता, नेपालमाथि दबाब

साफ च्याम्पिनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा पाकिस्तान फराकिलो अग्रता बनाएको छ ।
खेलको २० औ मिनेटमा भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै पाकिस्तानमा मोहमद रजाले गोल गरेका छन् ।
त्यसको ९ मिनेटमा हसन बसिरले पाकिस्तानकालागि दोस्रो गोल गरेका छन् ।

समुह ए अन्तर्गत पाकिस्तानले खेलमा अग्रता बनाएपछि नेपालमाथि दबाब बढेको छ ।
नेपाल र पाकिस्तानको समुहमा समान ३ अंक छ । बराबरी वा भु्टानको जितले नेपाललाई समुह चरणको अन्तिम खेलमा सजिलो हुनेछ ।

नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।