भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले भुटानलाई फाइनल २-१ ले हराउदै स्वर्ण पदक जित्न सफल भएको छ ।

खेलमा अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएको हो ।

३७ औं मिनेटमा भुटानका कप्तान चेन्चोले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफमा सुनिल बलको गोलमा नेपालले २-१ को जित दर्ता गरेको छ ।

जितसंगै नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ ।