“भुटानमा नखेल्ने भए मंगोलियामा खेल्छौ?” एएफसीलाई एन्फाको कडा जवाफ

Nepal's national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

कुवैती फुटबल महासंघका निर्देशक बोर्डका अध्यक्ष शिख अहमद अल-युसुफ अल सबाह नेपालको बिरूद्धको खेल मैदानका बारे छलफल गर्न कुआलालम्पुरको एएफसी मुख्यालय पुगेको खबर थियो।

कुवैत बिरुद्धको खेल दशरथ रङगशालामा नहुने भए पछि एन्फाले निकै चलाखी गर्दै भुटानमा खेल गराउने निर्णय लियो जुन निकै राम्रो थियो किन कि कुवैतका खेलाडीहरुलाई चिसो र धेरै उचाईमा गार्हो हुने पक्का कुरा हो।

तर कुवैत एफए भुटानमा पनि खेल्न अस्विकार गर्दै छन् र उनीहरु खाडी मुलुकमा खेल खेल्न जोर गर्दै छन्, अचम्मको कुरा छ कि एएफसी पनि कुवैतको समर्थन गर्नमा लागि परेको छ र बिभिन्न कारण देखाउँदै खेलहरु ठाउँमा गराउने प्रयास गर्दै छन्।

खबर अनुसार एएफसीले भुटानमा खेल नगर्न अपर्याप्त बत्तीहरूको बहाना गर्दै एन्फालाई पत्र लेखेको छ । तर भुटान एएफसीलाई भने कि खेल रातमा नभई दिनमा हुने छ।

खबर छ कि एएफसीको उक्त प्रतिक्रियामा एन्फाले भुटानमा खेल नहुने भए मुंगोलिया गर्ने बारे मजाक गरे, मुंगोलियाको उलानबातारमा तापक्रम -५ देखि – ९ सम्म पुग्ने गर्दा छ।