“भीएआर बार्सिलोनाको बिरुद्ध मात्र प्रयोग भयो”

ला लिगामा एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको थियो । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

हार पछि बार्साका कोच रोनाल्ड कोम्यानले भीएआरले आफ्नो टिमलाई मात्र अनुचित रूपमा लक्षित गरेको आरोप लगाए।

खेल पछि पोस्ट म्याच अन्तर्वार्तामा डच कोचले भने “हामी सहमत छैनौं, त्यो मेरो लागि पेनाल्टी थिएन। मलाई आशा छ कि एक दिन म स्पेनमा भीएआरको बारे राम्रो संग व्याख्या गर्नेछ”

“हामी पाँचौं खेलमा छौं र भीएआर बार्साको बिरूद्ध मात्र प्रयोग भएको छ।

 

“सेवीला बिरूद्ध मेस्सीको पेनाल्टी छैन न गेटाफको बिरूद्ध दुई रेड कार्ड फाउल। केवल बार्साको बिरूद्ध भीएआर प्रयोग किन हुन्छ?

“भीएआर राम्रो हुन सक्छ, तर सबै टीमहरूको लागि समान प्रयोग हुन पर्छ।