म्यानचेस्टर युनाईटेड काराबाओ कपको चौंथो चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एस्टन भिल्लालाई ४-२ गोल अन्तरले हराउँदै युनाईटेडले चौंथो चरणमा स्थान बनाएको हो ।
खेलको ४८ औं मिनेटमा ओली वाटकिन्सले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६१ औं मिनेटमा डियोगो डालोटले आत्मघाती गोल गरेपछि एस्टनले २-१ को अग्रता बनायो ।
तर, ६७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेडले ३-२ को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा स्कट म्याकटोमिनीले गोल गरेपछि युनाईटेड ४-२ ले विजयी भयो । यस खेल अघि प्रेमिएर लिगमा एस्टन भिल्लाले युनाइटेडलाई ३-१ ले हराएको थियो ।
यस जितसँगै युनाईटेडले एस्टनसँग प्रिमियर लिगमा यसै हप्ता व्यहोरेको हारको बदला लिएको छ ।
युनाईटेडले चौंथो चरणमा बर्नलीको सामना गर्नेछ ।