भिलारियालले जित्यो युरोपा लिगको उपाधी

एजेन्सी, भिलारियालले युरोपा लिगको उपाधी जित्न सफल भएको छ। नेपाली समय अनुसार मे २७ बिहान १२:४५ मा सुरु भएको युरोपा लिग फाइनलमा भिलारियालले म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा (१०-११) ले पराजित गरि युरोपा लिगको उपाधी जित्न सफल भएको हो।

खेलको २९ औ मिनेटमा भिलारियालका डानी परेहोले फ्री किक मार्फत दिएको पासमा जेरार्ड मोरेनोले गोल गरि भिलारियाललाई आग्रता दिलाएका थिए।
दोश्रो हाफको ५५ औ मिनेटमा म्यान्चेस्टर युनाइटेडका एडिन्सन कभानीले स्कट मिक्टमिनेको पासमा गोल गरि खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि म्यान्चेस्टर युनाइटेडले गोल गर्ने केहि सुनौलो मौका पाएता पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेनन् र खेल अतिरिक्त समयमा गयो।

थप अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि दुबै पक्षका १० खेलाडीहरुले गोल गरि अन्त्यमा गोलकिपरहरुले पेनाल्टी लिने पालो आएको थियो।

भिलारियालका गोलकिपर जिरोनिमो रुलि गोल गर्न सफल हुनुका साथै म्यान्चेस्टर युनाइटेडका गोलकिपर डिविड डे हेयाको प्रहारलाई पनि छेक्न सफल भए र अन्त्यमा भिलारियालले युरोपा लिगको उपाधी जित्न सफल भयो। यो भिलारियालको पहिलो युरोपा लिग उपाधी हो।