भियेराको प्यालेसमा सुखद सुरुवात

एजेन्सी, क्रिस्टल प्यालेसका नया प्रशिक्षल प्याट्रिक भियेराको पहिलो खेलमा विजय भएको छ । चौथो श्रेणिको क्लब वाल्सललाई प्रि-सिजनको पहिलो खेलमा १-० ले हराउदै कार्यकाल जितबाट सुरु गरेको छ ।

रोय हड्शनको नेतृत्वमा रहेको प्यालेस गत सिजन १४ औं स्थानमा रहेका थिए ।

वाल्सलविरुद्ध भियेराले बलियो टिमलाइ मैदान उतारे । विल्फ्रिड जाहा, जोर्डन एयु, जेम्स मिकाथर, क्लाइन र स्लप जस्ता खेलाडीले भरेको थियो ।

त्येस्तै, गोलरक्षकमा गुयेटाले पोष्ट सम्हाले । दोश्रो हाफमा उनको स्थानमा ज्याक बट्ल्यान्ड आएका थिए ।

सुरुवात देखिनै खेल अवधी भर प्यालेसले पोसेसन बनाउन सफल रह्यो । जाहाले नियमित रुपमा बिपक्षी पोष्टमा दबाब दिएका थिए । पहिलो हाफ सकिन केही मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

दोश्रो हाफमा ११ खेलाडी परिवर्तन गर्दै युवा खेलाडिलाइ अवसर दिए ।

दोश्रो हाफमा पनि खेलमा पकड बनाए पनि जाहाको गोलनै निर्णयक साबित भयो ।