भिनिसियस लोनमा टोटेन्ह्याममा

इङलिस क्लब टोटेन्ह्यामले पोर्चुगिज क्लब बेन्फिकाका फर्वाड कार्लोस भिनिसियसलाई लोनमा भित्र्याएको छ ।

भिनिसियस गत सिजन प्रेमेइरा लिगाको शीर्ष गोलकर्ता हुन् । उनले ३२ खेलमा १८ गोल गरेका थिए ।

टोटेन्ह्यामले लोनमा भित्र्याउन बेन्फिकालाई ३ मिलियन युरो तिरेको छ र यो डिल पर्मानेन्ट गर्ने विकल्प पनि रहेको छ जसमा टोटेन्ह्यामले ४५ मिलियन युरो दिनु पर्ने हुन्छ ।

भिनिसियस गत साल मात्र बेन्फिकामा अनुबन्धित भएको थियो । उनले १ सिजन बेन्फिकामा बिताउदै लिगमा दोस्रो स्थान हासिल गर्न निकै ठुलो भुमिका खेलेको थियो ।