भिनिसियस र इस्को दिएर युभेन्ट्सका स्टार भित्र्याउने रियलको योजना

रियल म्याड्रिडले आफ्ना दुई खेलाडी दिएर युभेन्ट्सका स्टार फर्वाड भित्र्याउने योजना बुनेका छन् ।

इटालीमा रिपोर्टस अनुसार रियलका प्रशिक्षक जिदान पौलो ड्याबाला भित्र्याउन इस्को र भिनिसियस दिन तयार रहेको बताएको छ ।

यधपी, युभेन्ट्सले ड्याबालालाई क्लबमै राख्न नयाँ सम्झौता दिने कुरा भइरहेको छ,तर पनि रियल २६ वर्षीय स्टार खेलाडीलाई बर्नाबेउमा ल्याउन सक्ने बारे ढुक्क देखिन्छन् ।

त्यस्तै, युभेन्ट्सका मुख्य प्रशिक्षक एन्ड्रेस पिर्लो रियलका स्पेनिस खेलाडी इस्को ठुलो प्रशंसक रहेको र उनलाई भित्र्याउन कोसिस पनि गरेको थियो ।

ड्याबालालाई भित्र्याउन रियलले इङलिस क्लब म्यान्चेस्टर युनाइटेड र चेल्सीसंग भिड्नु पर्ने हुन्छ ।