भिनिसियस जुनियरलाई नखेलाएकोमा जिदानको आलोचना

बार्सिलोनाका पुर्व स्टार रिभाल्डोले रियल म्याड्रिडका प्रशिक्षक जिदानको आलोचना गरेका छन्। म्यानचेस्टर सिटी बिरुद्धको च्याम्पियन्स लिगको हारमा विनिसियस जुनियरलाई वेवास्ता गरेको भनेर उनले जिदान माथि आलोचना गरेका छन्।

लस ब्लान्कोसले सिटी बिरुद्धको दोस्रो लेगको खेलमा पनि २-१को हारको सामना गर्नु पर्यो र उक्त खेलमा भिनिसियस जुनियरले खेल्ने मौका पाएनन्।

“मलाई यो बुझ्न गाह्रो लाग्छ कि किन उनले यो सिजन गरेको राम्रो प्रदर्शन बावजुद पनि उनलाई किन खेलएनन्, उनि ला लिगाको सर्वश्रेष्ठ विंगर हुन्,” रिभल्डोले बेटफेयर संग कुरा गर्दै भने।

“र यसबाहेक, उनि चोटग्रसित भयेक वा त्यस्तै केहि कुनै खबर पनि थिएन। “म विश्वस्त छु कि यदि उनलाई खेलाएको भए उनि [पेप] गार्डियोलाको लागि टाउको दुखाइ हुने थियो।

“तर उनि खेलको सम्पूर्ण ९० मिनेट सम्म बेञ्चमा बसे , त्यो पनि यस्तो महत्त्वपूर्ण खेलमा। “निश्चित रूपमा केवल जिदान र जुनियरलाई थाहा छ के भयो र उनीहरूले खेल अघि के कुरा गरे, तर बाहिरबाट यसलाई मात्र एउटा अनौंठो निर्णयको रूपमा बुझ्न सकिन्छ।

“यदि त्यहाँ व्यक्तिगत र चोटपटक केहि थिएन भने यो जिदानको विवादास्पद निर्णय हो र भिनिसियसको लागि गाह्रो क्षण हो, उनि यस्तो महत्त्वपूर्ण च्याम्पियन्स लिग खेलमा भाग लिन चाहान्थे।”