भिनिसियस जुनियरले आफ्नो रियल म्याड्रिड क्यारियरको एक उज्ज्वल सुरुआत गरेका थिए, म्याड्रिडमा एकेडेमीमा आएर आफ्नो कौशलता र क्षमताले फ्यानहरूलाई प्रभावित गरे तर हाल उनले सिनियर टिममा सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् र फ्यानहरूको उनी माथिको विश्वास केही बिलाएर जाँदै गएको देखिन्छ।
Vinicius Junior
top skills and goals vs Huesca 🤩🤩🤩🥵The new Pele ??😱😱
Better than Mbappe??😎😎 pic.twitter.com/oupMN9b8By— Fantomiald😼❤💙🇺🇸🇨🇬 (@Jonathl24) February 6, 2021
हुएस्कामाथिको २–१को जितको क्रममा भिनिसियस जुनियरको एक हास्यास्पद प्रयासको कारण फ्यानहरूले उनी रियलको खेलाडी बन्न लायक रहेको कुरामा प्रश्न गर्दै छन्।
I’m crying😂😂😂😂😂😂😂this guy makes me clart my lungs I have no idea how he plays for madrid
— fcb10 (@MohakAgarwal13) February 6, 2021
खेलको २७औ मिनेटमा उनले नेमारले प्राय गर्ने ट्रिक गर्न प्रयास गरे डिफेन्डर अगाडी हुँदा बललाई फ्लिक गरेर अगाडी लाग्ने उनको प्रयास हास्यास्पद रूपमा असफल भयो र बल मैदान बाहिर गयो।
उनको सो असफल प्रयास पछि उनको धेरै आलोचना भएको थियो। केही फ्यानहरूले उनी रियलको खेलाडी बन्न लायक रहेको कुरा मै प्रश्न गरे।
watches too much neymar without actually training
— Bappo* (@BappoCantWin) February 6, 2021
२० उमेरका ब्राजिलियन युवाले यस सिजन सबै प्रतियोगिता गरेर मात्र २३ खेल खेलेका छन् र २ गोल र ३ असिस्ट उनको नाममा रहेको छ।