भिनिसियस जुनियरको मिसमा रामोसको यस्तो हास्यास्पद प्रतिक्रिया

च्याम्पियन्स लिगमा मङ्गलवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको छ।

हाल उक्त रियलको उक्त जितको साथ खेलमा भिनिसियस जुनियरको मिसको पनि धेरै चर्चा हुँदै गरेको छ। खेलको क्रममा भिनिसियसले निकै उत्कृष्ट रन लगाए। आफ्नो हाफबाट उनले बल अगाडी लागे र एट्लान्टाको डी-बक्स भित्र जाने क्रममा उनले आफ्नो ड्रीबलको साथ ३ डिफेन्डरहरूलाई पछि परे तर उनको अन्तिम प्रहार राम्रो रहेन र गोलकिपर सँग वान भी वानमा उनले मिस गरे।

उनको सो मिस निकै निराशाजनक थियो भने हाल सो मिसमा खेलको क्रममा रियलका डिफेन्डर रामोसको प्रतिक्रियाको भिडियो पनि भाइरल हुँदै गएको छ। उनको सो मिसबाट रामोस यती निराश थिए कि उनी मैदानमा बस्न पुगे।

सो जित पछि रियलले समग्रको ४-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो ।