यस्तो बन्दैछ दशरथ रंगशाला, ताजा अवस्था (भिडियो सहित)

A man works to beautify the Dasharath Rangashala for the 13th South Asian Games 2018, in Kathmandu, on Thursday, August 04, 2016. Photo: RSS

भूकम्पले क्षतिग्रस्त भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको पुनर्निर्माण धमाधम भइरहेको छ।

रंगशालाको साधारण प्याराफिटको निर्माण सकिए पनि भिआइपी प्याराफिटको छानो हाल्ने काम सकिएको छैन।

भिआइपी प्याराफिटका लागि अहिले पिल्लर हाल्ने काम भइरहेको छ। पिल्लरमा फलामको डण्डी हालेर छाना हालिनेछ। जसका लागि कपडाको छाना चीनबाट ल्याइने छ भने डण्डी भारतबाट ल्याइनेछ। राष्ट्रिय खेलकुद परिषदले डण्डी र छाना खरिद प्रक्रिया अघि बढाएको छ।

यस्तै दुवै प्याराफिटमा कुर्सी हाल्नका लागि टेन्डर गरिएको छ।

चिनियाँ निर्माण कम्पनी चाइना रेलवेले रंगशालाको चार वटा कामको जिम्मेवारी लिएको छ। जसमा ट्र्याक बिछ्याउने काम सकिएको छ। स्कोरबोर्ड र फ्लाडलाइटको काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि साउन्ड सिस्टमको काम गरिनेछ। यी चार काम कात्तिक १५ भित्र सकेर रेलवेले राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गर्नेछ।