भिडियो- मैत्रीपूर्ण खेलमै रियल म्याड्रिड र एटलेटिकोका खेलाडी बीच झगडा

प्रि-सिजनको मैत्रीपूर्ण खेलमै रियल म्याड्रिड र एटलेटिको म्याड्रिडका खेलाडीहरु बीच मैदानमा झगडा परेको छ। रियल म्याड्रिड माथि एटलेटिको म्याड्रिडले ७-३को जित निकाल्दा ४ गोल गरेका कोस्ता रातो कार्ड खाएर बहिरेका थिए। डिएगो कोस्टा र ड्यानियल कार्भहाल बीच झगडा भए पछि दुवै खेलाडी रातो कार्ड खादै मैदान बाहिरे।

म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले खेलको १ मिनेटमै डिएगो कोस्टाको गोलमा अग्रता लिएको हो । खेलको ८ औं मिनेटमा नयाँ खेलाडी जोओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाइ २-० को अग्रता दिलायो ।

त्यसपछि १९ औं मिनेटमा एन्जेल कोरेएले गोल गर्दै एट्लेटिकोले ३-० को अग्रता लियो । २८ मिनेटमा फेरि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोले ४-० बनायो । पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी मार्फत फेरि कोस्टाले गोल गर्दै एट्लेटिकोले पहिलो हाफमै ५-० को अग्रता लियो ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमै डिएगो कोस्टाले अर्को गोल थपे र ब्यक्तिगत ४ गोल गर्न सफल भयो । ५९ मिनेटमा रियलका नाचोले गोल गर्दै खेल ६-१ मा ल्यायो । त्यसपछि खेलको ६४ मिनेटमा कार्भहाल र कोस्टा दुबैले रातो काड खादै १०-१० खेलाडीमा सिमित रह्यो । खेलको ७० मिनेटमा एट्लेटिकोका भिटोलोले गोल, ८५ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै खेल ७-२ मा ल्यायो र ८९ मिनेटमा हर्नाडेजले गोल गर्दै खेल ७-३ मा ल्यायो र एट्लेटिकोले सान्दार जित हात पार्यो ।