भिडियो:- बार्सिलोनाले गोल मिस गर्दा लियोनेल मेसीका छोराले खुसि मनाए पछि

लियोनेल मेसीका छोरा, माटेओले बार्सिलोनाले गोल मिस गर्दा गल्तीले खुसि मनाएको भिडियो भाइरल भएको छ। उक्त स्थति अझै हास्यास्पद बन्न पुग्यो जब सुआरेज र मेस्सी उनलाई देखेर अचम्मित भए र दुइ खेलाडी हाँसोमा दुबे।

सुआरेज र मेस्सी दुवै खेलाडी चोटको कारण रियल बेतिस बिरुद्धको खेलमा मैदान बाहिर थिए तर उनि आफ्नो छोराहरु संग स्टेडियममा खेल हेर्न उपस्थित थिए।

बार्सिलोनाले ५-२ले खेल जित्यो तर खेलको एक घटनाले धेरै चर्चा भयो, लियोनेल मेसीका छोरा, माटेओले बार्सिलोनाले गोल मिस गर्दा गल्तीले खुसि मनाएको भिडियो भाइरल भएको थियो। बार्सिलोनाले प्रहर गरेको शत बाहिर जाँदा सबैजानाले निराशा देखाई रहेको बेला माटेओले गल्तीले खुसि मनाउना पुगे र माटेओलाई देखेर सुआरेज अचम्मित भएको देख्न सकिन्छ।