भिडियो- गोलकिपरले डि बक्स भित्र हातले बल बचाउदा स्वारेजले पेनाल्टी मागे पछि।

उरुग्वेन सुपरस्टार स्वारेजले गोलकिपरले डि बक्स भित्र हातले बल बचाउदा पनि पेनाल्टी मागेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। उरुग्वे र चिली बिरुद्धको कोपा अमेरिकाको खेलमा स्वारेजले प्रहर गरेको शोत गोलकिपरले बचाए तर स्वारेजले आफ्नो हेन्ड बलको इसारा गर्दै पेनाल्टी माग्दै गरेको देखिए पछि उनको सामाजिक संजालमा धेरै मिम र ट्रोलहरु देखा परेको छ।


उक्त खेल उरुग्वेले १-०ले जित्यो। हेन्ड बलको कुरा गर्दा स्वारेजको राम्रो अनुभव रहेको छ, उनले विश्व कप २०१०को घाना बिरुद्धको खेलमा आफ्नो हातले गोल बचाएर रातो कार्ड खाएर मैदान बहिरेका थिए।