भिडियो:- गोलकिपरको येस्तो हास्यास्पद गल्तीले लिभरपूलले खायो गोल

लिभरपूलका गोलकिपर सिमोन मग्नोलेटको हास्यास्पद गल्तीको कारण ब्रूनो फर्नांडीसले लिभरपूल बिरुद उत्कृष्ट गोल गर्न सफल भएका छन् । लिभरपूल र पोर्तुगलको क्लब स्पोर्टिंग सीपी बीचको खेलमा मिडफिल्डर ब्रूनो फर्नांडीसले ३५ यार्डबाट उत्कृष्ट गोल गरे र उक्त गोल हुनुमा लिभरपूलका किपरको हास्यास्पद गल्ती रहेको छ।

पोर्तुगलका २४ वर्षका मिडफिल्डरले मैदानको बायाँ तिरबाट बल पाए पछि ३५ यार्ड बाट सिधै प्रहर गरे जसलाई समात्न गोलकिपर असफल भए र गोल हुन पुग्यो। उक्त खेल २-२को बराबरीमा समाप्त भएको थियो।