पूर्व इ रियल म्याड्रिड स्टार डेभिड बेकह्यामले भिडियो गेम कम्पनी इए स्पोर्ट्ससँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् र उनले सो सम्झौताबाट ४८ मिलियन यूरो कमाउने खबर छ। उनले आफ्नो फुटबल क्यारियरबाट भन्दा सो गेमबाट धेरै कमाएको खबर रहेको छ।
David Beckham ‘is earning more by appearing as an icon in FIFA 21 than he did playing football’ https://t.co/f37x3KPq3j
— MailOnline Sport (@MailSport) November 23, 2020
फुटबलबाट धेरै समय अगाडी रिटायर भए पनि बेकह्याम अझै धेरै चर्चित छन् र उनले आफ्नो नामबाट मात्र पनि कमाउने गरेका छन् भने हालै उनलेआफ्नो पात्र प्रसिद्ध फुटबल भिडियो गेम फिफा २१मा राख्ने सम्झौताबाट ४८ मिलियन यूरो कमाएका छन्।
यो वर्ष रिलीज भएको फिफा गेममा डेभिड बेकह्यामको पनि उपस्थिति हुने छ। उनि रिटायर भए पछि गेममा उनि धेरै समय सम्म अनुपस्थित रहेका थिए भने हाल इए स्पोर्ट्ससँगको तीन वर्षको सम्झौता पछि उनि फिफा २३ सम्म गेम हुने छन्।
23 years after he was the cover star of FIFA 98, David Beckham is back in FIFA 21 as an icon.
The graphics have come on a bit 😅 pic.twitter.com/MnK6r5G1Bp
— ESPN UK (@ESPNUK) November 18, 2020
इए स्पोर्ट्सको फिफा गेम निकै प्रसिद्ध रहेको छ र सो गेममा सबै सक्रिय स्टार खेलाडीहरु छन् भने केहि वर्ष देखि इए स्पोर्ट्सले लेजेण्ड खेलाडीहरु पनि गेममा राख्न सुरु गरेका छन् र अब डेभिड बेकह्याम पनि फिफा २१मा हुने छन्।
उनि उक्त गेमको कभरमा पनि हुने छन् र २३ वर्ष पछि उनि पहिलो पटक फिफा गेमको कभरमा देखा पर्ने छन्।