भिएरा क्रिस्टल प्यालेसको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी, इंग्लिस क्लब क्रिस्टल प्यालेसले आर्सनलका लेजेन्ड प्याट्रिस भिएरालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

रोय हड्शनले क्लब छाडे पछि प्यालेस नया प्रशिक्षकको खोजीमा थियो।

उल्भ्सका पुर्व प्रशिक्षक नुनो इस्पिर्टो स्यान्टोस र लुसिएन फाभ्रेसंग वार्ता सफल नभए पछि क्लबले पछिल्लो पल्ट भिएरासंग वार्ता गरेका थिए।

उनले क्लबसंग तीन बर्षको सम्झौता गरेको छ। खेलाडी जिवनबाट संन्यास लिए पछि उनले न्यु योर्क सिटि एफसी र निशमा प्रशिक्षकका रुपमा काम गरिसकेका छन।