इङलिस प्रेमिएर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका लेस्टर सिटीले दुःखद् हार बेहोरेको छ ।
लेस्टर सिटीको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा साउथह्याम्पटनबिरुद्ध २-१ ले हारेको हो ।
खेलको १४ औं मिनेटमा लेस्टरले प्रेटको गोलबाट अग्रता लिएको हो ।
१९ औं मिनेटमा साउथह्याम्पटनका आर्मस्ट्रङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा साउथह्याम्पटनका इङ्सले ८१ औं मिनेटमा गोल गर्दै २-१ को उत्कृष्ट जित दिलाए ।
यद्यपि, खेलको लगभग अन्तिम मिनेटमा लेस्टरका डिफेन्डर जोनि इभान्सले गोल गरेपनि पछि भिएआरले उनी अफसाइड रहेको देखाए ।
हारसंगै लेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसंग अंक दुरि घटाउन असफल रह्यो । साउथह्याम्पटनले भने तेस्रो लगातार जित दर्ता गर्दै लिगको १४ औं स्थानमा उक्लन सफल भएको छ ।
यसै सिजन यी दुई टिम खेल्दा लेस्टर सिटीले ९-० को फराकिलो जित निकालेको थियो भने आज साउथह्याम्पटनले मिठो बद्ला लिएको छ ।