भावुक हुँदै लिभरपुलको लिग आशा अन्त्य भएको क्लोपले स्वीकारे

शनिवार प्रिमियर लिगमा लिभरपूलले फेरी पनि हारको सामना गर्न पर्‍यो। शनिवार भएको खेलमा लिभरपुल लेस्टर सिटी विरुद्ध ३-१ले हारेको थियो र हार पछि लिभरपूलका कोच योर्गेन क्लोपले लिभरपुल उपाधि होडबाट बाहिरेको स्वीकार गरे।

हाल लिभरपुल लिगको चौथो स्थानमा रहेको छ र लेस्टर विरुद्धको हार पछि पोस्ट म्याच अन्तर्वार्तामा उनले भावुक हुँदै लिभरपूलको लिग आशा अन्त्य भएको क्लोपले स्वीकारे।

खेल पछि एक रिपोर्टरले उनलाई क्लबको लिग आशा अन्त्य भएको बारे प्रश्न गरे, जसको जवाफ उनले भावुक हुँदै दिए र उनले भने :”हो। म यसलाई विश्वास गर्न सक्दिन तर यो चासो हो,”

उनले भने: “मलाई लाग्दैन हामी यस वर्षमा यो अङ्कको अन्तरलाई पछ्याउन सक्छौँ। हामीले फुटबल खेल जित्नु पर्छ र आज हाम्रो खेलको ठुलो अंश राम्रो थियो।

“हामीले गल्तीहरू गर्नु हुँदैन, गलतफहमीहरू हटाउनुपर्दछ, हामी भीएआरबाटको गल्तीहरू हटाउन सक्दैनौँ तर आफ्नो गल्तीबाट सिक्नु पर्छ।”