भाल्भर्डेले बार्साको नयाँ प्रशिक्षकलाई – ‘केहि मद्दत चाहिए सम्झनु होला’ भनेपछि

बार्सिलोनाका पुर्व प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले क्लबका नयाँ प्रशिक्षक सेटिनलाई मद्दत चाहिए सम्पर्क गर्नुहोला भनेको इएसपीएनले जनाएको छ ।

बार्सिलोनाबाट बर्खास्त भएपछि मंगलबार भाल्भर्डेले बार्सिलोनाबाट आफ्नो सामानहरु लिने क्रममा नयाँ प्रशिक्षक सेटिनसंग भेट भएको थियो ।

यी दुई प्रशिक्षकको भेटघाट १५ मिनेट लामो भएको थियो । अन्तिममा दुबैले आफ्नो फोन नम्बर साटासाट गरे र भाल्भर्डेले सेटिनलाई “केहि मद्दत चाहिए मलाई सम्पर्क गर्नु होला” भनेको इएसपीएनले खुलासा गरेका छन् ।