भारत विरुद्ध वेष्ट इण्डिज; खेल सुरु हुने समय र मैदानको जानकारी तल:

विश्वकप २०१९ क्रिकेटमा भारतले आज बिहीबार वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गदै छ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

कूनै खेल नहारेको भारतले ५ खेलमा ४ जित हासिल गरेको छ। न्यूजिल्याण्ड र भारतबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको भारतले अष्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तानसँग जित हासिल गरेको हो।

वेष्ट इण्डिजले पाकिस्तानलाई  हराएको छ भने बंगलादेश, इंग्ल्याण्ड र  अष्ट्रेलिया र न्यूजिल्याण्डसँग पराजित भएको छ।

५ खेलबाट ९ अंक बनाएको भारत अंक तालिकाको तेस्रो स्थानमा छ। ६ खेलबाट ३ अंक जोडेको वेष्टइण्डिजले सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अन्य खेलको नतिजामा पनि भर पर्नुपर्छ।