भारत र श्रीलंकाबिचको सिरिज जुलाइ १८ बाट हुने

एजेन्सी, भारत र श्रीलंका बिचको एक दिवशीय क्रीकेट अब नया तालिका अनुसार जुलाइ १८, २०, २३ तारिखमा खेल्ने भएको छ।

श्रीलंका टोलिमा दुई सदस्यलाई कोरोना संक्रमण देखिए पछि नयाँ तालिका सार्वजनिक गरेको हो।

यस्तै, टि-२० सिरिज अब जुलाइ २५, २७, २९ तारिखमा खेलाइने भएको छ।

शुक्रवार श्रीलंका टोलिका सदस्य जिटि निरोशन र ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरमा कोरोना भाइरस पुष्टि भएको थियो।

श्रीलंकन टिम गत हप्ता इंग्ल्यान्डबाट टि-२० खेलेकस थियो। त्यस्तै, फर्कीसके पछि श्रीलंकन टोलिमा कोरोना पुष्टि भए पछि भारतसंगको खेल स्थगित भएको थियो।