भारत राष्ट्रिय फुटबल टिम चीनसंग बराबरी

अन्तराट्रिय मैत्रिपुर्ण खेलमा भारतको राष्ट्रिय फुटबल टिमले चीनसंग बराबरी खेलेको छ । शनिबार साँझ भएको खेलमा भारतले चीनसंग गोल रहित बराबरी खेलेको हो ।

आक्रमक खेल पस्किएको चीनको प्रहारलाई भारतीय डिफेन्सले विफल तुल्याएका थिए । दक्षिण एसियाली फुटबलको पावर हाउस भारतले पछिल्लो समय विश्व फुटबलमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ ।

फिफा वरियताको ९७ औ स्थानमा रहेको भारतले दक्षिण एसिया बाहिर समेत बलिया टिमलाई टक्कर दिन थालेको छ ।

भारतले ७६ औ वरियताको चीनलाई बराबरीमा रोक्दै एसियाली फुटबलमा नयाँ शक्तिको रुपमा आफुलाई अगाडी बढाउन खोजेको स्पष्ट संकेत गरेको छ ।