भारतीय क्लबमा म्यानचेष्टर सिटी मालिकको लगानी

सिटी फुटबल ग्रुप (सिएफजी) ले विश्व फुटबलमा एकपछि अर्को लगानी गरिरहेको छ हालै सिएफजीले भारतीय सुपर लिग क्लब मुम्बई सिटी एफसीमा पनि लगानी गर्ने पक्का भएको छ । सिएफजीले मुम्बईको ६५ प्रतिशत सेयर किन्ने छ।

सिएफजीले धेरै देशको फुटबल क्लबमा लगानी गर्दै एक छन् र हाल सिएफजीले आठ क्लबहरुमा आफ्नो हात राखेका छन्।

सिएफजी कै स्वामित्वमा इङलिस च्याम्पियन म्यानचेष्टर सिटी, अमेरिकी क्लब न्युयोर्क सिटी एफसी, अष्ट्रेलियन क्लब मेलबर्न सिटी एफसी, स्पेनीस क्लब जिरोना, जे लिग क्लब योकोहामा एफसी जस्ता क्लबहरु रहेका छन् ।

सन् २०१४ मा स्थापित मुम्बई सिटी एफसीको प्रशिक्षकीय जिम्मेवारी यसअघि म्यानचेष्टर सिटीकै पूर्व स्टारद्वय दुई पिटर रिड र निकोलस एनेल्काले निभाएका थिए । साथै म्यानचेष्टर युनाइटेड र उरुग्वेका पूर्व लिजेण्डरी स्टार डिएगो फोर्लानले पनि हालै (२०१६) मुम्बईबाट सुपर लिग खेलेका थिए ।