फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) प्रिमियर लिग क्लब लिभरपुललाई बेच्न तयार रहेको बेला भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुललाई किन्न इच्छुक रहेको भनेर इङ्गल्यान्डमा धेरै चर्चा भएको थियो तर भारतीय मिडियाहरूको अनुसार लिभरपुल किन्न मुकेश अम्बानी इच्छुक रहेका छैनन्।
Mukesh Ambani is not in the race to purchase Liverpool, according to reports in India
Latest in our LIVE #LFC bloghttps://t.co/YQ4z4n9KLC pic.twitter.com/7tiCSIiKCq
— Liverpool FC News (@LivEchoLFC) November 14, 2022
भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी प्रमुख मुकेश अम्बानी एसियाकै धनी र संसारकै आठौँ धनी व्यक्ति हुन् भने प्रिमियर लिग फुटबल क्लब लिभरपुल बिक्रीमा रहेको बेला उनको नाम लिभरपुल सँग जोडिएको थियो तर एबीपी लाइभका अनुसार अम्बानी लिभरपुल किन्ने योजनामा छैनन्।
मुकेश अम्बानी आईपीएलको क्रिकेट टिम मुम्बई इन्डियन्सको मालिक हुन् र उनले भारतीय फुटबलको सुपर लिग स्थापना गर्न पनि मद्दत गरेका थिए जसको कारण भारतीय फुटबलमा धेरै विकास र परिवर्तन आएको छ।
🚨 NEW: Indian multi-billionaire Mukesh Ambani is NOT in the race to purchase Liverpool, according to reports in his home country. This follows claims that Ambani was interested in buying the club after FSG opened themselves up to a potential full sale last week. #lfc [abp news]
— Anfield Watch (@AnfieldWatch) November 14, 2022
लिभरपुललाई फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)ले क्लब किन्न इच्छुक रहेकोलाई आफ्नो प्रस्ताव दिन लिभरपुलका अमेरिकी मालिकले निमन्त्रणा गरेका थिए भने ४ बिलियन पाउन्ड एफएसजीले क्लबलाई बेच्न जानकारी छ।
एफएसजी अन्तर्गत, लिभरपुलले योर्गेन क्लोपलाई व्यवस्थापकको रूपमा नियुक्त गर्दै २०१९ च्याम्पियन्स लिग र २०२० मा पहिलो पटक प्रिमियर लिग उपाधि जित्दै विश्वको उत्कृष्ट टोलीहरू मध्ये एक बनेको थियो।
एफएसजी मुख्यतया अमेरिकी व्यापारी जोन डब्ल्यू हेनरीको स्वामित्वमा छ, जो मेजर लीग बेसबल टोली बोस्टन रेड सोक्सको पनि मालिक हुन्।