भारत सँगको फाइनल खेलको हार पछि प्रशिक्षक खड्काद्वारा पदबाट राजीनामाको घोषणा

Head coach Hari Khadka (left) instructs women national football team during a training session before semi-final match against Sri Lanka in SAFF Women's Championship at Shahid Rangasala, in Biratnagar, Morang district, on Tuesday, March 19, 2019. Photo: Udipt Singh Chhetry/THT

नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।भारतसँग को फाइनल खेलको हार पछि प्रशिक्षक खड्काद्वारा पदबाट राजीनामाको घोषणा

१३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा पराजित भएसँगै प्रशिक्षक खड्काले राजीनामा घोषणा गरेका हुन् । भारतसँग नेपाल २-० गोलले पराजित भएको थियो ।

प्रशिक्षक खड्काले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । साथै उनले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् ।