भारतसँगको सिरिजमा गेल परेनन्

भारत र वेस्ट इण्डिज क्रिकेट सिरिज अगस्ट ३ बाट सुरू हुँदैछ। यो सिरिजमा दुई देश बिच टि-२०, ३ वान डे र २ टेस्ट खेल्नेछ।

टि-२० क्रिकेटबाट सुरू हुने सिरिजमा वेस्ट इण्डिजले आफ्नो टोलीको घोषणा गरेको छ। कार्लोस ब्रैथवेटको कप्तानीमा घोषणा गरिएको टोलीमा क्रिस गेल परेन्।

घोषणा गरेको टोलीमा विश्वकप खेलेका ६ खेलाडीले मात्र परेको छ। आन्द्रे रसेल, निकोलस पुरन, इवान लुइस, शिमरोन हेटमायर, शेल्डन काट्रेल र ओशाने थमस परेका छन् भने विश्वकप खेलेका जेसन होल्डर, क्रिस गेल, डैरन ब्रावो, एशले नर्स, फैबियन एलेन, शाई होप, केमार रोच र शेनन गैब्रियल टोलीमा पर्न असफल भए। टोलीमा किरोन पोलार्ड र सुनील नरेन पनि टिममा बोलाईएको छ।

वेस्ट इण्डिज टोलीः

१)कार्लोस ब्रैथवेट (कप्तान)
२)जोन केम्पबेल
3)इवान लुईस
4)शिमरोन हेटमायर
5)निकोलस पूरन
6)कीरोन पोलार्ड
७)रोवमैन पावेल
8)कीमो पल
९)सुनील नरेन
१०)शेल्डन कॉट्रेल
११)ओशाने थमस एंथनी ब्राम्बले
१२)आन्द्रे रसेल
१३)कैरे पियरे