भारत विरुद्ध इंग्ल्यान्ड दबाबमा, जित आवश्यक

आइसिसी क्रिकेट विश्वकप २०१९ विश्वकपमा आज आइतबार इंग्ल्यान्डले बर्मिङ्घममा भारतसँग खेल्दैछ। नेपाली समय अनुसार खेल दिउसो ३:१५ बजे सुरु हुनेछ।

भारत यो विश्वकपमा एक्लो अपराजित टिम हो। आयोजक इंग्ल्यान्डले दमदार सुरुवात गरेको थियो। सुरुवाती ५ मध्ये ४ खेलमा जित हात पार्दै इंग्ल्यान्डले सेमिफाइनलतर्फ पाइला चालेको थियो।तर पछिल्ला २ खेलमा लगातार पराजित भएपछि इंग्ल्यान्डको सेमिफाइनल यात्रा धरापमा परेको छ। इंग्ल्यान्ड छैटौं खेलमा श्रीलंका र सातौं खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

जारी प्रतियोगितामा उत्कृष्ट खेलिरहेको भारतले सुरुवाती खेलमा आफ्नो क्षमता देखाइसकेको छ। दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज र अफगानिस्तानलाई हराएको भारत उच्च मनोबलमा छ। न्युजिल्यान्डविरुङ्को खेल भने वर्षाले अवरुद्ध भएको थियो।

आज खेल जिते भारत सिदै सेमिफाइनलमा पुग्ने छ र इंग्ल्यान्डको लागि बाकिँ दुबै खेल जित्न पर्ने छ।