साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेल्दै अंक बाडेका छन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भारतले बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै समूह ‘ए’ बाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
भारत भने समूह उपविजेता बन्दै अन्ति चारमा पुगेको छ ।