हक्कीमा भारतलाइ एतिहासिक पदक

एजेन्सी, टोक्यो ओलम्पिकमा जारी पुरुष हक्कीमा भारतले कास्य पदक जित्न सफल भएको छ । कास्य पदकको खेलमा जर्मनीलाई ५-४ ले हराउदै ४१ बर्ष पछि हक्कीमा पदक जितेको हो ।

खराब सुरुवात गरेको भारत पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थालाई उल्त्याउदै खेल जित्न सफल भएको थियो ।

भारतको जितमा ललित उपाध्यायले दुई गोल गरेका थिए । यस्तै, हार्दिक सिंह, हर्मन्प्रित सिंह र रुपिन्दर पल सिंहले समान एक एक गोल गरे ।

पुरुष हक्की तर्फको फाइनलका लागि अष्ट्रेलियाले बेल्जियमको आज सामना गर्ने छ ।

त्यस्तै, भारत महिला हक्की टिमले कास्य पदकका लागि शुक्रबार बिहान बेलायतविरुद्ध खेल्नेछ ।