भारतमा शुरु गर्यो ला लिगाले ग्रासरुट फुटबल प्रोगाम

स्पेनीस फुटबल लिग ला लिगाले इण्डिया अन टे«क (आईओटी) नामक संस्थासँगको सहकार्यमा एक ग्रासरुट फुटबल डेभलपमेन्ट प्रोगाम, ला लिगा फुटबल स्कुल्सको शुरुवात गरेको छ ।

यो ऐतिहासिक कदमले भारतमा ग्रासरुट लेभलबाटै फुटबलको विकासमा विशेष ध्यान दिइने बताइएको छ । लिगा फुटबल स्कुल्स पूरै भारतमा स्थापना गरिनेछ । जसमध्ये दिल्ली, मुम्बई, पुने, बैंगलोर र कोची जस्ता मुख्य शहरहरु पनि रहेका छन् ।

लिगा फुटबल स्कुल्सको प्रशिक्षण शेली लगायतका कार्यक्रमहरु ला लिगा कै प्राविधिक शैलीमा हुनेछ । यसको सम्पूर्ण जिम्मेवारी भारतमा ला लिगाद्वारा नियुक्त प्रोगाम टेक्निकल डाइरेक्टरको हातमा हुनेछ । यो ग्रासरुट कार्यक्रमको मुख्य रोजाईमा ६ देखि १८ बर्षसम्मका बालबालिकाहरु रहेका छन् ।