भारतमाथि न्युजिल्यान्डको १० विकेटको जित

टिम साउथीले गरेको घातक बलिङको मद्दतले न्युजिल्यान्डले भारतविरुद्धको पहिलो टेस्ट सोमबार १० विकेटले जितेको छ । न्युजिल्यान्ड चौथो दिन लञ्च अगाडि नै भारतलाई हराएको हो ।

साउथीले २० रन खर्चेर चार विकेट लिए। भरपर्दा ब्याट्‍सम्यान सस्तैमा बाहिरिएपछि भारत आफ्‍नाे दोस्रो इनिङ्समा १ सय १९ रन मात्र बनाएर अलआउट भयो।

यस्तोमा घरेलु टिमले जितका लागि नौ रनको लक्ष्य पाएको थियो। टेस्ट वरीयताको शीर्ष स्थानमा रहेको भारतविरुद्ध न्युजिल्यान्डले यो जित १० बलको अन्तरमा प्राप्त गरेको थियो।

यो न्युजिल्यान्डको ऐतिहासिक सयौं टेस्ट जित पनि रह्यो।