भारतको विजयी सुरुवात

एजेन्सी । महिला विश्व कपमा भारत विजय भएको छ । पाकिस्तानलाई भारतले १०७ रनले हराएको हो । आइतबार टौरङामा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा २४४ रन प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा आएको पाकिस्तानले १३७ मा अल आउट हुनपुग्यो ।

भरातको लागि सर्वाधिक रन पुजा भस्ट्रिकाले बनाईन । उनले ५९ बलमा ६७ रन बनाइन । त्यस्तै, स्नेह रानाले ४८ बलमा ५३ रन बनाउदै अविजित रहिन ।

वरियतामा पुछारमा रहेको पाकिस्तानलाई लक्ष्य पछ्याउन असम्भव जस्तो देखिन्थ्यो ।

भारतका लागि राजेश्वरी गाइक्वाडले सर्वाधिक ४ विकेट लिइन । उनले ३1 रन खर्चेर ४ विकेट लिएकी हुन ।

यस्तै, स्नेह राना र जुलन गोस्वामीले दुई दुई विकेट हात पारिन ।

पाकिस्तानका लागि सर्वाधिक रन सिद्रा अमीनले बनाइन । उनले ६४ बलमा ३० रन बनाईन ।

कप्तान बिस्माह मारुफले १५ रन जोड्दा दिएना बैगले २४ रन जोडिन । फतिमाले १७ रन बनाइन ।

प्रतियोगितामा भोलि न्युजिल्यान्डले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।