भान हाल नेदरल्यान्ड राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक नियुक्त

एजेन्सी, म्यान्चेस्टर युनाइटेड तथा बार्सिलोनाका पुर्व प्रशिक्षक लुइ भान हाल नेदरल्यान्ड राष्ट्रिय फुटबल टोलिका प्रशिक्षकका रुपमा पुनः नियुक्त भएका छन्। रिपोर्टका अनुसार उनले २०२२ को विश्व कपको अन्तिम सम्मका लागि नेदरल्यान्ड राष्ट्रिय फुटबल टोलिको प्रशिक्षकको रुपमा भुमिका निर्वाह गर्नेछन्।

उनले फ्र्याङ्क डे बोरलाई प्रतिस्थापन गर्दैछन्। युरो २०२० मा नेदरल्यान्ड राउन्ड अफ १६ बाटै बाहिरिएपछि डे बोरले प्रशिक्षकको पद छाडेका थिए। उनले तेस्रो पटक नेदरल्यान्ड राष्ट्रिय फुटबल टोलिका प्रशिक्षकका रुपमा कार्यभार सम्हाल्न लागेका हुन्। यस अघि उनले सन् २००० देखि २००२ सम्म र २०१२ देखि २०१४ सम्म नेदरल्यान्ड राष्ट्रिय फुटबल टोलिको प्रशिक्षकका रुपमा भुमिका निर्वाह गरेका थिए।
६९ वर्षका डच प्रशिक्षक भान हाल यस अघि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक थिए। उनले २०१४ देखि २०१६ सम्म युनाइटेडका प्रशिक्षकको रुपमा भुमिका निर्वाह गरेका थिए।