भाग्यशाली टोटेन्ह्यामको जित

इङलिस प्रेमिएर लिगमा सनिबार भएको खेलमा टोटेन्ह्यामले वाट्फोर्डलाई हराउदै जित हात पारेको छ ।

वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा टोटेन्ह्यामले १-० ले जितेको हो ।

खेलको पहिलो हाफमा कुनै गोल भएको थिएन ।

दोस्रो हाफको अन्तिम मिनेटमा टोटेन्ह्यामका डेभिनसन स्यान्चेजले गोल गर्दै १-० को जित दिलाएको हो ।

जितसंगै टोटेन्ह्याम पाचौं स्थानमा रहेको छ भने वाट्फोर्ड १७ औं स्थानमा रहेको छ ।