“भर्जिल भ्यान डाईक सबैभन्दा सर्वश्रेष्ठ डिफेन्डर होइनन्”

रिचार्लिसनले मर्सीसाइड डर्बीको अगाडि भर्जिल भ्यान डाईकलाई लक्षित गर्दै उत्कृष्ट डिफेन्डरहरुको बारे बोलेका छन्।

लिभरपूलका मर्सीसाइड प्रतिद्वन्द्वी एभर्टनका फोवार्ड रिचार्लिसनले लिभरपूलका स्टार भ्यान डाईकको बारे बोलेका हुन।

“धेरै मान्छेहरू उनीबारे धेरै कुरा गर्छन्, हो उहाँ एक राम्रो डिफेन्डर हुनुहुन्छ तर मैले उनलाई पछि पर्दै ड्रीबल गरेको छु ,’ रिचार्लिसनले डेन्सेपिडिडोससँगको अन्तर्वार्तामा भ्यान डाईकको बारेमा भने।

“उनको उत्कृष्ट सीजन भएको कारण उनी विश्वको शीर्ष तीन डिफेन्डर मध्ये एकको रूपमा छनौट भएका थिए। तर हो, मेरो लागि अझ राम्रो डिफेन्डर छन् उनि भन्दा।”

भ्यान डाईक भन्दा को राम्रो डिफेन्डर को रहेको बारे प्रस्न गर्दा ब्राजिलियान आफ्ना दुई देशवासी र एक रियल म्याड्रिड स्टारको नाम दिए: ‘थाआगो सिल्भा, मार्क्विनहोस र सर्जियो रामोस’।