भरान युनाइटेडमा अनुबन्ध हुने सम्भावना बलियो बन्दै

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका फ्रेन्च स्टार डिफेन्डर राफायल भरान इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुने सम्भावना दिनानुदिन बलियो देखिदै आएको छ। रिपोर्टका अनुसार उनी करिब ५० मिलियन युरोमा युनाइटेडमा अनुबन्ध हुने सम्भावना प्रबल देखिन्छ।

फ्रेन्च खेलाडी भरानको रियल मड्रिडसँगको सम्झौता २०२२ मा अन्त्य हुने भएकोले र त्यसपछि रियलले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा रियलले उनलाई बेच्न सक्ने देखिएको छ। रिपोर्टका अनुसार युनाइटेड उनलाई २०२६ सम्म अनुबन्ध गर्न चाहन्छन्। उनलाई भित्र्याउने दौडमा म्यान्चेस्टर युनाइटेडका साथसाथै फ्रेन्च क्लब पि.एस.जि पनि रहेको भनिएको छ।
२८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्ध भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्।